मुस्कान पछाडिको आँसु

मर्न मन लाग्छ, तर मर्न सक्दिन,
भित्रको पीडा कसैलाई भन्न सक्दिन।

आँखा भरि आँसु, ओठमा मुस्कान,
यस्तै अभिनयमै बित्दैछ हरेक बिहान।

सबैलाई लाग्छ म धेरै खुसी छु,
तर भित्रभित्रै हजार चोट बोकी हिँड्छु।

रातभरि रुन्छु, दिनभरि हाँस्छु,
आफ्नै पीडा लुकाई संसारसँग बाँच्छु।

बुझ्ने कोही छैन, सुन्ने कोही छैन,
मनको यो भार बाँड्ने कोही छैन।

आश्रय खोज्दै थाकेको यो मन,
आफ्नै पीडामा हराएको जीवन।

Post a Comment

Previous Post Next Post